आठ हजार नौ सय मतदाता थपिए  « Khabarhub

आठ हजार नौ सय मतदाता थपिए 


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन । जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । 

आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । 

प्रारम्भिक विवरणअनुसार जिल्लाको मतदाता सङ्ख्या तीन लाख ८२ हजार ३७ रहेको र अन्तिम विवरण मङ्गलबार साँझसम्म आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निवेदन दिन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  २ : २६ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा