आठ हजार नौ सय मतदाता थपिए  « Khabarhub

आठ हजार नौ सय मतदाता थपिए 


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन । जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । 

आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । 

प्रारम्भिक विवरणअनुसार जिल्लाको मतदाता सङ्ख्या तीन लाख ८२ हजार ३७ रहेको र अन्तिम विवरण मङ्गलबार साँझसम्म आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निवेदन दिन आग्रह गरिएको छ । 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  २ : २६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर