प्रचण्डको आरोप- मलाई असफल पार्नेबाहेक ओलीले अरू काम गरेनन् « Khabarhub

प्रचण्डको आरोप- मलाई असफल पार्नेबाहेक ओलीले अरू काम गरेनन्


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरू काम नगरेको आरोप लगाएका छन् ।

चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरू काम नगरेको आरोप लगाएका हुन् ।

राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे ।

‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा सह अध्यक्ष (केपी ओली) को अर्को भूमिका देख्न पाइनँ ।’

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : १४ बजे

रसुवा–१ निर्वाचन अपडेट : कांग्रेसका मोहन आचार्य अग्र स्थानमा

काठमाडौं– रसुवा–१ बाट जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले

मोरङ–१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

काठमाडौं– काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

यस्तो छ रसुवा–आरुखर्क मतदान केन्द्र नौकुण्ड–१ को मत परिणाम

रसुवा क्षेत्रको नौकुण्ड–१ मतदान केन्द्र (७६१ मत गणना) अनुसार प्रतिनिधि