वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्न उचित हुँदैन : उप्रेती « Khabarhub

वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्न उचित हुँदैन : उप्रेती


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन्।

बुधबार काठमाडौँमा कार्यभार सम्हाल्दै उप्रेतीले वैदेशिक रोजगारका लागि गएकाहरूलाई सहज हुने गरी यस क्षेत्रलाई थप मर्यादित बनाइने बताएका हुन् ।

उनले देशको विकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सधैँका लागि वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने कुरा उचित नहुने बताए। उप्रेतीले कर्मचारी, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई उदाहरणीय काम गरेर देखाउने र सबै कर्मचारीहरूको सहयोग आवश्यक रहेको धारणा राखे।

यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ६ : ३४ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन