नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० केजीमुनि वशिष्ठ महर्जन र १०० केजीमाथि आदित्य दाहाल छनोट भएका छन् ।

महिला ५७ केजीमुनि सञ्जिता गुरुङ र विनु गुरुङ, ६३ केजीमुनि सुनिता ढकाल र शिसम अधिकारी तथा ७८ केजीमुनि दीपा गुरुङ छानिएको नेपाल जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी टेबलटेनिसतर्फको पुरुषमा चन्दन शाही, जयराम महर्जन, कपुर शर्मा, उमेश मानन्धर र रक्तचन्द्र मानन्धर छनोट भए ।

महिलामा इना डङ्गोल, स्वर्णिमा कंसाकार र प्राज्ना महर्जन छानिए । महिलामा बाँकी दुई खेलाडीको छनोटपछि गरिने छनोट संयोजक एवं काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ५४ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई