राष्ट्रपति भण्डारीद्वारा आफ्नो सुरक्षामा खटिएका वर्तमान एवम् पूर्व सुरक्षा अधिकारीसँग छलफल | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा आफ्नो सुरक्षामा खटिएका वर्तमान एवम् पूर्व सुरक्षा अधिकारीसँग छलफल


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तीव्रता दिएकी छन् ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : २२ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन