विश्व इतिहासमा आज : राष्ट्रपति जर्ज वाशिंटनको ‘न्यायिक ऐन १७८९’ मा हस्ताक्षर देखि गिनी–बिसाउको स्वतन्त्रतासम्म  « Khabarhub

विश्व इतिहासमा आज : राष्ट्रपति जर्ज वाशिंटनको ‘न्यायिक ऐन १७८९’ मा हस्ताक्षर देखि गिनी–बिसाउको स्वतन्त्रतासम्म 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असोज ८ गते शनिबार। सन् २०२२ को सेप्टेम्बर २४ तारिख। आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९७३ सेप्टेम्बर २४ मा गिनी–बिसाउले स्वतन्त्रता प्राप्त गरेको थियो। पोर्चुगलको अधिनमा भएको सो राष्ट्रले स्वतन्त्रताको मान्यता भने सन् १९७४ सेप्टेम्बर १० मा पाएको थियो।

सन् १९७० सेप्टेम्बर २४ मा सोभियत ‘लुना १६’ सोभियत कजाकिस्तानमा अवतरण भएको थियो। मानवबिना सो यानले चन्द्रमाको यात्रा पुरा गरेको थियो।

सन् १९६० सेप्टेम्बर २४ मा ‘इन्टरप्राईज’ नामक आणविक सञ्चालित विमान वाहक प्रक्षेपण गरिएको थियो।

सन् १९५७ सेप्टेम्बर २४ मा स्पेनको बार्सिलोनास्थित यूरोपको सबैभन्दा विशाल रंगशाला ‘क्याम्प नोउ’ फुटबल समर्थकहरुको लागि खुल्ला गरिएको थियो। ९९,००० दर्शक अटाउने सो रंगशाला विश्वको ११ औँ विशाल रंगशाला हो। बार्सिलोना फुटबल क्लबको गृह मैदानमा रुपमा पनि सो रंगशाला प्रसिद्ध छ।

सन् १९४८ सेप्टेम्बर २४ मा सोइचिरो होन्डाले ‘होन्डा मोटर कम्पनी’ को स्थापना गरेको थियो। सो कम्पनीको विश्वमा नै मोटरसाइकलको सबैभन्दा ठुलो उत्पादकको रुपमा पनि प्रसिद्ध छ।

सन् १८६९ सेप्टेम्बर २४ मा जेम्स फिस्क र जे गोल्डको नेतृत्वमा सट्टेबाजहरु सुनको भण्डारण गर्न सुरु गरेसँगै सुनको मुल्य अत्याधिक बढेको थियो। सो दिनलाई संयुक्त राज्य अमेरिकामा ‘ब्ल्याक फ्राईडे’ को रुपमा चिनिन्छ।

सन् १७८९ सेप्टेम्बर २४ मा राष्ट्रपति जर्ज वाशिंटनले ‘न्यायिक ऐन १७८९’ हस्ताक्षर गरेसँगै कानुनमा परिणत भएको थियो। संयुक्त राज्य अमेरिकामा पहिलो कांग्रेसमा सो ऐन पारित भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : २४ बजे

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट

काठमाडौंमा त्रिदेशीय ‘आर्ट फर पिस’ कला प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले