खेलकुद

जर्मनीको पहिलो हार

By खबरहब

September 24, 2022

काठमाडौँ – हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ।

शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे । जर्मनी १३ खेलमा आएर पराजित भएको हो।

हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ।