इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु « Khabarhub

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो।

हिरासतपछि तीन दिन कोमामा रहेकी  २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। महिलाहरुले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ। यो संख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो। यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ।

हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : १२ बजे

हिलाम्मे त्रिवि मैदानमा हिलो छल्दै खेल हेर्न पुग्दै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा