खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा | Khabarhub Khabarhub

खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङको खप्तडछान्ना-५ कि किष्णा जोशी गत शुक्रबार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड गए ।  खप्तड जाँदा उनलाई लेक लाग्न सुरु भयो । कागती र केही खाजा बोकेका उनलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठीक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको ब्यारेकबाट उनलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोगे । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड ब्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाए । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किए । 

खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड ब्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठीक हुने गोठालो गर्न आएका विनोद रावलले बताए ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दुल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताए ।

ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन्डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाइ सयभन्दा बढीले सेवा लिएको सिलवालले बताए । 

उनका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उनले बताए । 

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी ब्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । ब्यारेकमा पनि दैनिकजसो १५-२० जनाले स्वास्थ्य सेवा लिइरहेको उनले बताए ।

जनैपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौँको सङ्ख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उनले बताए । ‘हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ’, उनले भने, ‘औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।’

नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : ३२ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका