विकृति न्यूनीकरण गर्न प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम सञ्चालन « Khabarhub

विकृति न्यूनीकरण गर्न प्रहरीद्वारा सचेतनामूलक कार्यक्रम सञ्चालन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी प्रहरीले विद्यालय विद्यालयमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।  

कार्यक्रमअन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भइसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेको छ । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको हो ।

 सो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागूऔषध दुर्व्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगिका घटनालगायतका विषयमा छलफल गर्ने गरिएको छ । 

उनले भने, ‘विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तरक्रियाले  समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।’ विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागूपदार्थ नियन्त्रण, आत्महत्या रोकथामलगायत विषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो । 

विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तरता दिइएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : ४० बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति