सिरहामा धान उत्पादनमा वृद्धि हुने | Khabarhub Khabarhub

सिरहामा धान उत्पादनमा वृद्धि हुने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो । 

सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार चार सय ३० मेट्रिकटन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्रकुमार महासेठले बताए । रोग किराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढ्ने उनको भनाइ छ । 

किराको प्रकोप देखिए पछि प्राविधिक, कृषि ज्ञान केन्द्र र बाली संरक्षण प्रयोगशालाबाट किरा नियन्त्रण गर्न प्राविधिक खटाइएको कार्यालयका सूचना अधिकारी परमानन्द चौधरीले बताए । रासायनिक मल सहजरुपमा उपलब्ध हुन सकेको भए उत्पादन अझ बढ्ने उनको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा-१, सुगा-३ स्थानीय वास्मती, सावित्री, कतरनीलगायत धान लगाउने गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ०३ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ