डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु  | Khabarhub Khabarhub

डोटीमा ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु 


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– हिन्दूहरुको महान् चाड बडा दशैँ तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ । भैरवप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका-६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । 

प्रतियोगितामा कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य सङ्घ सहित सातवटा टोली सहभागी रहेका छन् । खप्तड-शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई  एक लाख, द्वितीय हुनेलाई ५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्की बताए ।

उनले प्रदेशस्तरीय फुटबल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवर्द्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : २६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा