नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने « Khabarhub

नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो । 

नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपन्छीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्नेछ । यसैगरी मत्स्यपालन, उत्पादित माछाको भण्डारण र  बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन गरिरहेका किसानले पनि यस्तो ब्याज अनुदान पाउने छन् । 

जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसानले पनि सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार दिइने अन्य व्यवसाय घरेलु उद्योग र साना तथा मझौला उद्यम सञ्चालकले पनि यस प्रकारको ब्याज अनुदान पाउने छन् । प्रमुख गिरीका अनुसार किसानले बैंकमार्फत सहुलियत कर्जा पाउनेछन् ।  

नगरपालिकाले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणमा समेत मद्दत गर्नेछ । त्यसका लागि नगरका सबै वडामा सार्वजनिक स्थान पहिचान गरी हाटबजार लगाइने गिरीले जानकारी दिए । नगरका सुरक्षाका लागि सिसिटिभी जडान गर्नेबारे समेत छलफल भएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : २९ बजे

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर