पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न कांग्रेस असन्तुष्ट समूहकाे माग « Khabarhub

पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न कांग्रेस असन्तुष्ट समूहकाे माग


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न माग गरेको छ । उनीहरूले आफूहरूको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन् ।

आफूहरूको मागका विषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरूले यस विषयमा गम्भीर हुन पनि आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए विद्रोह हुने चेतावनी दिए । उनले गुटलाई प्रश्रय दिए पार्टी अघि बढ्न नसक्ने बताए । 

त्यस्तै कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीले समानुपातिक सूची सच्याउन ध्यानाकर्षण गराए । उनले पार्टीमा योगदान गरेका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने जिकिर गरे । त्यस्तै कांग्रेस युवा नेता मनोजमणि आचार्यले पार्टीभित्र न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै त्यसो हुन नसके ४० प्रतिशत चाहिने स्पष्ट पारे ।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका थिए । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ०६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने