बारामा चार लाख ३३ हजार मतदाताले भाग लिने « Khabarhub

बारामा चार लाख ३३ हजार मतदाताले भाग लिने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कलैयाआगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा चार लाख ३३ हजार पाँच सय चार मतदाताले भाग लिने भएका छन् । 

जिल्लाका चार निर्वाचन क्षेत्रसमेत गरी पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार छ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३ हजार पाँच सय चार मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जानकारी दिए । तीन सय पाँच मतदानस्थल, पाँच सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ मा पुरुष ६३ हजार चार सय ६४, महिला ५५ हजार नौ सय छ र अन्य पाँच गरी एक लाख १९ हजार तीन सय ७५ मतदाताका लागि ८६ मतदानस्थल, एक सय ५५ मतदान केन्द्र छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२, महिला ४४ हजार दुई सय ६९ गरी एक लाख पाँच हजार ११ मतदाताका लागि ८२ मतदानस्थल, एक सय ३६ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा पुरुष ५६ हजार पाँच सय २३, महिला ४६ हजार छ सय २५ र अन्य एक गरी जम्मा एक लाख तीन हजार एक सय ४८ मतदाताका लागि ७६ मतदानस्थल र एक सय ३३ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ मा पुरुष ५८ हजार एक सय ५२ मतदाता, महिला ४७ हजार आठ सय १२ र अन्य छ गरी जम्मा एक लाख पाँच हजार नौ सय मतदाता रहेकामा ६१ मतदानस्थल तथा एक सय ३२ मतदान केन्द्र तोकिएको छ ।

विसं २०७४ मङ्सिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तीन लाख ४९ हजार नौ सय ४६ मतदानका लागि तीन सय तीन मतदानस्थलको व्यवस्था गरिएको थियो । तीन सय तीन मतदानस्थलमध्ये ६६ अति संवेदनशील रहेको थियो । 

निर्वाचन क्षेत्र नं १ मा ९६ हजार एक सय ४६ मतदाताका लागि ८४ मतदानस्थल, २ मा कुल ८३ हजार पाँच सय २४ मतदाताका लागि ८२ मतदानस्थल, निर्वाचन क्षेत्र नं ३ मा ८४ हजार छ सय ६९ मतदाताका लागि ७६ मतदानस्थल र निर्वाचन क्षेत्र नं ४ मा जम्मा ८५ हजार छ सय सात मतदाताका लागि ६१ मतदानस्थलको व्यवस्था गरिएको निर्वाचन कार्यालयले गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ५९ बजे

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर