काभ्रेमा तीन लाख १० हजार मतदाता « Khabarhub

काभ्रेमा तीन लाख १० हजार मतदाता


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– यहाँ चार महिनाको अवधिमा छ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० रहेका थिए । आसन्न निर्वाचनमा जिल्लाका तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता रहेका छन् ।

यस्तै आगामी मङ्सिर ४ गतेका लागि एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एउटा मतदानस्थल र आठ मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले  जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत धार्ने ज्योति माध्यमिक विद्यालयमा एक मतदानस्थल थप भएको हो । उक्त केन्द्रमा तीन सय ३२ पुरुष र दुई सय ५९ महिला गरी पाँच सय ९१ मतदाता रहेका छन् ।

कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यसमध्ये ७८ हजार आठ सय १६ पुरुष र ७३ हजार आठ सय ८२ महिला तथा अन्य एक मतदाता छन् । यहाँ एक सय ९५ मतदान केन्द्रबाट मतदान हुनेछ । 

सोही क्षेत्रको प्रदेशसभा (क)मा ४० हजार एक सय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता छन् । यसमा ९४ मतदान केन्द्र छन् । प्रदेशसभा (ख) मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ मतदान केन्द्र छन् ।    

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र छन् । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता छन् । प्रदेशसभा (ख) मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : २१ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र