लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

 लागूऔषधसहित दुई जना पक्राउ


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिरहा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीको भनाइ छ । एक जनासँग प्रेस कार्ड फेला परेको र उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फूलबारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय ईश्वर खत्री रहेका छन् । 

उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै गर्दा प्राउ परेका हुन् ।  प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔषध र अन्य कागजातहरू बरामद गरेको छ । 

अवैध लागूऔषध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : २३ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर