टीकापुरमा शववाहन सेवा निःशुल्क « Khabarhub

टीकापुरमा शववाहन सेवा निःशुल्क

९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले  वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् । डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो । 

ट्रेड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ । “सञ्चालनमा ल्याएको शववाहन प्रयोग गर्दा रकम लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको हुँ”, तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले भने, ‘यहाँ उपचारमा आउने धेरै विपन्न परिवार हुन्छन् । हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सघाउन खोजेको हो

उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला  अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो । ‘अस्पतालको आह्वानमा चपाईले एक वर्षका लागि सञ्चालन खर्च दिएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो’, ‘हाम्रो आग्रहलाई उहाँले स्वीकार गरी सघाउन तयार भए, यसले मृतकका आफन्त र अस्पताललाई पनि सहज भएको छ’, उनले भने, ‘चपाईजस्तै मनकारी भएकाले हामीलाई काम गर्न ऊर्जा मिल्छ । बिरामीको उपचार गरेर आफन्त पीडामा हुन्छन्, यो सहयोगले ठूलो राहत हुन्छ ।’

गत वर्षको लागतका आधारमा अनुमान गरिएको वार्षिक तीन लाख रकम चपाईको कम्पनीले बेहोर्ने र यसको दुरुपयोग हुन नदिने अध्यक्ष सोडारीले बताए । अब टीकापुर र  लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ ।

।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : १६ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने