महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय « Khabarhub

महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ ।

ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटब्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । तर, कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने ।

महोत्तरी १ (क) मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबा सुरेश राउत र लोसपाबाट पिताम्बर महतो चुनावी प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले आफूहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ । 

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिपबहादुर योञ्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो । प्रत्येक दलबाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योञ्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : २४ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ