गठबन्धन एक दुई दिनको यात्रा होइन : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

गठबन्धन एक दुई दिनको यात्रा होइन : अध्यक्ष नेपाल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विषाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

निकै ठूलो चुनौतीको सामना गरेर आफूहरू अगाडि बढेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको हो भने । पार्टी र नेतामा देखा परेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरूले विद्रोह गरेको उनले बताए। गणतन्त्रको आन्दोलनमा पनि कम्युनिस्ट र कांग्रेस एक आपसमा मिलेर नै सफल बनाइएको तथ्य उनले पेश गरे । 

न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन आग्रह उनले गरे। नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखे ।

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रूपान्तरणको खाका बनाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री नेपालले भने, ‘हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ । हामी पुनः जाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’

पूर्व प्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए। “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, पूर्व प्रधानमन्त्री नेपालले भने। 

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उनले पार्टी  र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ३९ बजे

सामुदायिक वनमा झाडी फाँडेर वृक्षारोपण सुरु

सिरहा– यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी

इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन

जेरुसलेम- गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा

विवाहेत्तर यौनसम्बन्ध : अपराध कि आत्मनिर्णय ?

नेपाली समाजमा विवाह र यौनसम्बन्ध सधैं एकअर्कासँग गाँसिएका विषय मानिँदै

काभ्रेपलाञ्चोकमा ‘लापसे’ परीक्षण अभियान : २० चालक पक्राउ

 काभ्रेपलाञ्चोक– ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सवारी चालकको लागू पदार्थ सेवन

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

म्याग्दी– कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा