सोमालियाको होटलमा आत्मघाती बम हमला, ९ जना मारिए « Khabarhub

सोमालियाको होटलमा आत्मघाती बम हमला, ९ जना मारिए


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा ९ जनाको ज्यान गएको छ । आइतबार राति अज्ञात आक्रमणकारीले आत्मघाती बम हमला गरेका बताइएको छ ।

दक्षिणी सोमाली सहर किस्मायूका प्रहरी उपप्रमुख मोहम्मद नासीले एक प्रसिद्ध होटललाई लक्षित गरी आत्मघाती हमला भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्– ‘यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ ।’

रातिको समयमा आएका आत्मघाती बम हमलाकारीले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो ।

आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । सो आक्रमणमा संलग्न सबै आक्रमणकारी मारिएको बताइएको छ ।

प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ४७ बजे

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न गर्छौँ – सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा

मनिष झाले गरे मतदान

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ का

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर