१७३ जना सवार विमान फिलिपिन्समा दुर्घटनामा पर्यो, सबै यात्रु सुरक्षित « Khabarhub

१७३ जना सवार विमान फिलिपिन्समा दुर्घटनामा पर्यो, सबै यात्रु सुरक्षित


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १७३ जना सवार कोरियन एअर लाइन्सको विमान फिलिपिन्समा दुर्घटनामा परेको छ । फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एअर लाइन्सको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

दक्षिण कोरियाको सोलबाट सेबुको लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । यद्यपि दुर्घटनाका बावजुद विमानमा सवार सबै यात्रु सुरक्षित रहेको रोयटर्सले जनाएको छ ।

खराब मौसमका कारण विमानले विमानस्थलमा दुईपटक अवतरण गर्ने असफल प्रयास गरेको थियो । तेस्रो प्रयासमा अवतरण गर्ने क्रममा विमानस्थलको धावनमार्गबाट विमान चिप्लिएको जनाइएको छ ।

दुर्घटनापश्चात विमानमा सवार यात्रुहरुलाई स्थानीय तीन वटा होटलमा सुुरक्षित साथ राखिएको छ । कोरियन एअर लाइन्सले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

दुर्घटनापछि सार्वजनिक गरिएको तस्वीर तथा भिडियोमा विमानमा क्षति पुगेको देख्न सकिन्छ । दुर्घटनापछि कोरियन एअरका अध्यक्ष किहोङ वुले एअर लाइन्सको वेबसाइटमार्फत् क्षमा मागेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५७ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी