सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री  « Khabarhub

सत्तागठबन्धन रहरले हैन बाध्यताले बनेको हो : प्रधानमन्त्री 


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए ।

देउवाले भने, ‘नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।’ संविधानअनुसार सबैले आफ्नो हक अधिकारका लागि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए। यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउन सके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनको भनाइ थियो ।

देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भने । उनले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिक स्तरीय भेलामा अत्यन्त स्वतःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उनले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताए । 

प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताए । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उनले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भने । साथै उनले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताए ।

विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानमन्त्रीले अब देश विकासमा अघि बढ्ने बताए ।

देउवाले भने, ‘सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।’ अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उनको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एक ढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ४८ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान