उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई « Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव एवम् मुलुकको राष्ट्रपतिमा चयन भएकोमा बधाई दिएका छन् । उत्तर कोरियाको सरकार सञ्चालित केसीएनए समाचार संस्थाले सर्वोच्च नेता किमले सीलाई बधाई दिएको जनाएको छ ।

उनले बधाई पत्रमा सीको नेतृत्वमा दुई मुलुकबीचको सम्बन्ध अझ सुन्दर हुने र समयको मागअनुसार दुई मुलुकमा समाजवादी अभ्यासलाई अझ मजबुत रुपमा अघि बढाउने विश्वास लिएको उल्लेख गरेको जनाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनबाट चिनियाँ पार्टी र जनताले महत्वपूर्ण कोसेढुङ्गा पार गरेका छन् र नयाँ युगमा चिनियाँ चरित्रसहितको समाजवादी विचारको झण्डामुनी चिनियाँ राष्ट्रलाई अझ समृद्ध बनाउने ऐतहासिक प्रक्रियालाई अझ सुदृढ गरेको छ ।’ पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ५३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा