उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै « Khabarhub

उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनीत प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् । 

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउँदैछन् भने उपासना पछिल्लो समयकी सफल अभिनेत्री हुन् । उनी अभिनीत अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । भारतीय फिल्म उद्योगमा कार्यरत व्यस्त निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा/संवाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियाग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दैछन् । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा