‘पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन’ « Khabarhub

‘पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन’


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । 

दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका छन् ।

‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनः मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरूलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘चाडपर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचारसंहिताविपरीत मतदातालाई अवाञ्छित रूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधिहरू नगर्न सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरुमा अपिल गर्दछु ।

उनले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०४ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान