सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा « Khabarhub

सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले कांग्रेसले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव आवाज उठाउदै आएको धारणा राखे । प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढिकरण हुन नसक्ने उनको भनाइ छ ।

देउवाले आफ्नो प्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई थप बलियो बनाउन आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । उनले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधान रक्षाको लागि गठबन्धन आवश्यक भएको बताए । उनले मुलुकलाई अघि बढाउनका लािग कांग्रेस नेतृत्वको सरकार बनाउन मंसिर ४ को निर्वाचनलाई अवसरको रुपमा लिएको धारणा राखे ।

महतले गठबन्धनलाई समान प्रतिबद्धताको साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : २५ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान