चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल « Khabarhub

चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका छन् । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उनले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए।

तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ प्रणाली सुधार्ने र विकास, निर्माणका नयाँ अभियान शुरु गर्ने मन्त्री पौडेलले उल्लेख गरे। उनले संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राखे ।

‘उत्पीडित, श्रमजीवी वर्गको हित र उत्थानसँगै नागरिकलाई गाँस, बास, कपास, रोजगारीलगायतको ग्यारेन्टी राज्यले दिने समाजवादी प्रणाली अबको लक्ष्य हुनुपर्छ’, मन्त्री पौडेलले भने । बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे। उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको राजनीतिक प्रणाली गुम्ने खतरा पैदा भएपछि दलहरूबीच गठबन्धन बनेको स्पष्ट पारे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ०९ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान