अनेरास्ववियु क्रान्तिकारीले मधेसमा तोक्यो १४ जना कमाण्डर « Khabarhub

अनेरास्ववियु क्रान्तिकारीले मधेसमा तोक्यो १४ जना कमाण्डर


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीले मधेस प्रदेशमा १४ जना विद्यार्थी कमाण्डर परिचालन गरेको छ । माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय समितिको बैठकले प्रदेशका ८ वटै जिल्लामा विद्यार्थी कमान्डरलाई परिचालन गरेको हो ।

महोत्तरीमा नीरज ढुंगाना, धनुषामा अजय झा, सिरहामा भोलाप्रसाद यादव, सप्तरीमा लड्डु यादव, सर्लाहीमा सञ्जीव चौधरी, शिवराज धमला र विवेक मैनाली, बारामा दिनेश यादव, पर्सामा महम्मद जुवेर आलम, ईशक कुमार पासमान, एहसान अनसारी र हिमालजङग कुवर, रौतहटमा राकेश पटेल र चेत बोत्खेलाई तोकिएको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयले जनाएको छ ।

नव गठित विद्यार्थी परिचालन टिमले जिल्लास्थित माओवादी केन्द्र नेतृत्व, गठबन्धनको परिचालन समिति र उम्मेदवारसँग समन्वय गरी आफ्ना टिम परिचालन गर्ने पनि जानकारी दिएको छ ।

अग्रगमन र प्रतिगमनको माहासंग्राममा विद्यार्थीहरूले अग्रगमन पक्षधरलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय संयोजक पवन कार्कीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४२ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ