एमाले बनेका पूर्व कमाण्डरसँग वर्षमानको प्रतिस्पर्धा : २५ हजार बढी मतको जित « Khabarhub

एमाले बनेका पूर्व कमाण्डरसँग वर्षमानको प्रतिस्पर्धा : २५ हजार बढी मतको जित

पुनको राजनीतिक जीवन


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका रुपमा दोस्रो पटक विजयी भएका छन्। यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उनी सोविजयी भएका थिए। संसदीय राजनीतिमा यो उनको तेस्रो विजयी यात्रा हो। विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा उनी ललितपुर क्षेत्र नं १ बाट विजयी भएका थिए।

विसं २०७० को संविधानसभाको निर्वाचनमा भने उनी मोरङबाट पराजित हुनु भएको थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुन सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट साझा उम्मेदवार हुन्। उनले कूल ४१ हजार सात सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरे। पुनले २५ हजार दुई सय २९ मतको अग्रता कायम राखेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले आठ सय तीन मत पाएका छन्।

संयोग कस्तो परेको छ भने निर्वाचित पुन र उनका प्रतिस्पर्धी बुढामगर तत्कालीन समयमा एउटै पार्टीमा आबद्ध थिए। पुन तत्कालीन जनमुक्ति सेनाको डेपुटी कमाण्डरको भूमिकामा रहँदा बुढामगर भने उनी मातहतको कमाण्डरको रुपमा थिए। सर्वोच्च अदालतले तत्कालीन नेकपालाई नेकपा (एमाले) र माओवादी केन्द्रमा विभक्त गरिदिएपछि बुढामगर एमालेमा नै बस्न पुगे। यसपटक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धालाई राष्ट्रिय रुपमा नै महत्वका साथ हेरिएको थियो।

सुरुआती चरणदेखि नै अग्रता कायम गर्दै पुन अन्तिमसम्म नै त्यसलाई कायम राख्दै फराकिलो मतान्तरले विजयी भएका हुन्। रोल्पामा कूल मतदाता सङ्ख्या एक हलाख ४५ हजार चार सय ७१ रहे पनि यही मङ्सिर ४ गते भएको निर्वाचनमा ६१ हजार सात सय १० मत मात्रै खसेको थियो। कूल सदर मत ६१ हजार सात सय १० हुँदा बदर मत भने पाँच हजार तीन सय ११ रहेको छ।

प्रदेशसभातर्फ (क) मा माओवादी केन्द्रकै जोखबहादुर महरा निर्वाचित भएका छन् भने प्रदेशसभा (ख) मा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन निर्वाचित भए।

निर्वाचित नेता पुनको जन्म रोल्पाको जंकोटमा विसं २०२८ जेठ १८ गते भएको हो। उनका बाबुको नाम इर्खराम पुन र आमाको नाम तिर्थमाली पुन हो। उनको जीवन सङ्गीनी ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं २ बाट गठबन्धनको साझा उम्मेदवार भएपनि जीत निकाल्न सकिनन्। प्राथमिक शिक्षा रोल्पाको बालकल्याण माविबाट पूरा गरेका पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले २०४९ मा नेपाल ल ल क्याम्पसबाट बीएल गरेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ५६ बजे

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान