क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात « Khabarhub

क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकपमा क्यानडालाई पराजित गर्दै बेल्जियमले विजयी सुरुआत गरेको छ।

बुधबार राति अहमद बिन अलि स्टेडियममा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितका लागि मिसी बात्सुयीले गोल गरे।

खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा उनले निर्णायक गोल गरेका हुन्। त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो।

खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले बचाउ गरेका थिए।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : २९ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च