नवलपरासी-१ : प्रदेशसभा १ मा कांग्रेस २ एमाले विजयी « Khabarhub

नवलपरासी-१ : प्रदेशसभा १ मा कांग्रेस २ एमाले विजयी


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका हुन् । पन्ध्र हजार एक सय ३७ मतसहित जिसी निर्वाचित भएको लुइँटेलले जानकारी दिए । जिसीका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार नौ सय ८७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापाले छ हजार एक सय ४० मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा एमालेका उम्मेदवार रोशनबहानुर गाहा निर्वाचित भए । गाहा १७ हजार आठ सय २३ मतसहित प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले १४ हजार एक सय १० मत प्राप्त गरेको लुइँटेलको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ