मत फेरियो कि मतदाताको मन ? « Khabarhub

मत फेरियो कि मतदाताको मन ?

युवा र स्वतन्त्र पार्टीका उम्मेद्वारको जितले जन्माएको जबर्जस्त प्रश्न


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणाम आउँदै गर्दा मतदाता र आम सर्वसाधारणमा धेरै प्रश्न जन्मिएका छन् । जारी मतपरिणाममा २५ सिटसहित कांग्रेस पहिलो बनेको छ भने १५ सिट जितेको एमाले दोस्रो बनेको छ ।

मतपरिणामको अवस्थाले पनि देखाउँछ, कांग्रेस सबैभन्दा ठूलो संगठन र शक्ति भएको पार्टी हो । देशभर मजबुत भएको संगठनसहित कांग्रेसले यसपटक माओवादी र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावमा होमिएको थियो ।

तर चुनावको मतपरिणाम सत्ता गठबन्धनजस्तो देखिएन । चुनावअघि देशैभर सातै प्रदेशमा चुनावी सभा गरेको सत्ता गठबन्धनले एक अर्कालाई पूर्ण रुपमा विश्वास गरेको पनि देखिएन । खासगरि यतिबेला उठेको सबैभन्दा ठूलो प्रश्न भनेको ‘मत किन ट्रान्सफर’ भएन भन्ने हो ।

कांग्रेसबाहेकका उम्मेदवारले जित्न नसक्दा सत्ता गठबन्धनभित्र यो प्रश्न गम्भीरसँग उठेको छ । काठमाडौँमा ओनसरी घर्ती, ललितपुरमा पम्फा भुसाल, लमजुङमा देव गुरुङ हार्दा माओवादीका नेताहरुले यतिबेला कांग्रेसलाई यसरी प्रश्न गरिरहेका छन् ।

वास्तविक रुपले भन्ने हो भने यतिबेला कांग्रेसको मत ट्रान्सफर नभएको हो कि मतदाताको मन फेरिएको हो ? दुवै प्रश्नको उत्तर भेटाउन गाह्रो छ । माओवादी कांग्रेसप्रति इमान्दार भएर उसका उम्मेद्वारलाई जिताउन सहयोगी भएपनि कांग्रेसले भने इमान्दारिता नभएको तर्क सतहमा आएको छ ।

यसका पछाडि कांग्रेसले माओवादी उम्मेद्वारलाई दिनुपर्ने भोट स्वतन्त्र पार्टीका उम्मेद्वारलाई गएको र घण्टीबाट रवि लामिछानेको उदय भएको बुझाई छ । आंशिक रुपमा यसभित्र केही सत्यता छ । तर वास्तविक रुपमा यतिबेला चुनाव हुँदै गर्दा उठेका धेरै प्रश्नले नयाँ बहस जन्माएको छ ।

वर्षौवर्ष राजनीति गरिरहेका तर एजेन्डा नभएका, केवल जनतालाई भ्रममा राखिरहेका र कुनै विकास निर्माणका काममा छिटो छरितो नभएका नेतालाई भन्दा युवा र फरक धारका व्यक्तिलाई चुनावमा मतदाताले जिताउनुमा सत्ता गठबन्धन जिम्मेवार छ ।

भागबण्डाका आधारमा सत्तामा टिकिरहने दलकै नेताहरुको पुरानो सोच र शैलीका कारण पनि यतिबेला मतदाताले नयाँ विकल्प रोजेको देखिन्छ । यसले पक्कै ढिलोचाँडो केही न केही परिवर्तन ल्याउने निश्चित छ ।

यतिबेला दलहरुले एक अर्कालाई दोषारोपण गर्नुको साटो समयको माग र परिवर्तनको एजेन्डालाई आत्मसात गर्नुको विकल्प छैन । देशमा रवि लामिछानेको स्वतन्त्र पार्टीमार्फत कम्तीमा ९ जना नयाँ अनुहार मात्रै संसदमा आउने होइनन्, मधेसबाट सीके राउत, थारु समुदायबाट रञ्जिता श्रेष्ठ, राप्रपाबाट ज्ञानेन्द्र शाहीजस्ता नयाँ जोशिला आवाज भएका व्यक्ति पनि संसदमै आउँदैछन् ।

यसले केही न केही फरक र नयाँ परिवर्तनको आशा मतदातामा हुनेछ । जुम्लाबाट ज्ञानेन्द्र शाहीको जितलाई परिवर्तनको आवाज संसदमा गर्जन गर्ने एक युवाका रुपमा लिइएको छ । सडकमा चर्को नारा लगाउने उनी अब संसदमा गर्जिने कुरामा दुईमत छैन ।

जुम्लामा सत्ता गठबन्धनका उम्मेदवार नै पराजित भएका छन् । खासगरी माओवादीबाट उठेका धेरै उम्मेदवारको पराजयले एकसाथ दुई प्रश्न जन्माएको छ । एउटा सधैँ अर्काको काँधमा अनि साथमा बसेर चुनाव जित्ने रणनीति सफल हुँदैन ।

अर्को, आफ्नै संगठन बलियो बनाउन नसक्ने नेता र पार्टीले चुनाव जित्ने आश किन गर्नु ? यस्तै प्रश्न यतिबेला माओवादी नेतृत्वमाथि उठेको छ।यसपटक युवा उम्मेदवारको इन्ट्रि, स्वतन्त्र पार्टीको लहर र बुढा नेताको बिदाइले आगामी चुनावमा यसले थप बलियो उपस्थिति बनाउनेमा कुनै शंका छैन।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १० : ३६ बजे

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एन्ड कम्पनीका अध्यक्ष पक्राउ

काठमाडौं- सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालको चर्चित निर्माण व्यवसायी

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ

काठमाडौं -भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको

मानवअधिकार आयोगको प्रतिवेदन माग्दै धर्ना बसेका युवालाई प्रहरीले उठायो

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै 

काठमाडौं– विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी

ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका