नेमकिपाका प्रेम सुवाल पुन: सांसदमा विजयी | Khabarhub Khabarhub

नेमकिपाका प्रेम सुवाल पुन: सांसदमा विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताए ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गरे भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याएको मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले जानकारी दिए । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ११ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बिहान उठ्ने बित्तिकै वाकवाकी लाग्छ ? समाधान थाहापाउनुहोस् !

काठमाडौं– अहिले गर्मीको मौसम छ । यो मौसममा धेरै स्वास्थ्यमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने

काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार सन्