प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने | Khabarhub Khabarhub

चुनावी मतपरिणामको चर्चा

प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने

नेपाल टेलिभिजनबाट बहिगर्मनदेखि चितवनमा जितको जनलहरसम्म


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँधेरै होइन, झण्डै सात वर्ष पहिलेको मात्रै कुरा हो । रवि लामिछाने भर्खर अमेरिकाबाट फर्केर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाइरहेका थिए । माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डको समर्थन फिर्ता भएपछि सत्ताच्युत भए ।

नयाँ प्रधानमन्त्री बने प्रचण्ड । नेपाल टेलिभिजनको कार्यक्रम भएकाले नयाँ प्रधानमन्त्री प्रचण्ड बनेपनि कार्यक्रम सञ्चालन हुने आशामा थिए, रवि लामिछाने । तर प्रचण्डको मूड फेरियो । जसको सरकार उसैको मानिने नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमका प्रस्तोता पनि फेरिने भए ।

नेपाल टेलिभिजनले प्रस्तोता फेरेर बबिन शर्मालाई बनायो । जो त्यतिबेला तत्कालीन सभामुख ओनसरी घर्तीका प्रेस संयोजक थिए । एकाएक आफूले उत्पादन गरेको कार्यक्रम खोसेर बबिन शर्माको जिम्मा लगाएपछि रवि लामिछाने रिसले आगो भए ।

तर पनि उनले धैर्यता गुमाएका थिएनन् । प्रचण्डले आग्रह गरे बमोजिम कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सी फेरिनुपर्ने अडान थियो । कुर्सी फेर्न पनि रवि लामिछाने तयार थिए । तर प्रचण्ड कार्यक्रमका लागि अन्तर्वार्ता दिन आएनन् ।

उल्टै कार्यक्रम खोसेर बबिन शर्मालाई दिएको बारेमा पनि नेपाल टेलिभिजनले कुनै जवाफ दिएनन् । रवि लामिछाने प्रचण्डसँग उत्तर खोजिरहेका थिए । सत्ताको उन्मादमा प्रचण्डले रविलाई कुनै ‘भ्यालु’ दिएनन् ।

यस्तो अवस्थामा रवि लामिछानेले रिस र आवेगले क्रुद्ध भएर नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम छाड्दै ‘सिधा कुरा जनतासँग’ नामक नयाँ कार्यक्रम चलाउने घोषणा गरे । फेसबुक पोस्टमा उनले यो कुराको घोषणा गर्दा त्यो हजारौँले हेरेका थिए ।

विश्वमा सबैभन्दा लामो ‘टेलिभिजन टक शो’ कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाएर चर्चामा आएका रवि लामिछानेले नयाँ कार्यक्रम घोषणा गरेपछि ह्वात्तै उनको पक्षमा माहोल देखिएको थियो । न्युज ट्वान्टी फोर कार्यक्रमबाट सिधा कुरा जनतासँग कार्यक्रमले पनि चर्चा पायो ।

यो कार्यक्रमले चर्चा मात्रै पाएन, लाखौँ स्रोता दर्शकको मन जित्यो । रवि लामिछाने नयाँ सेलिब्रेटी कार्यक्रम सञ्चालक बनेर उदाए । त्यो चर्चासँगै रवि लामिछाने नयाँ विवादमा फसे । टेलिभिजनमै काम गर्ने एक जना पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परे ।

उनले आत्महत्या गर्नुपूर्व बनाएको भिडियोमा रवि लामिछानेको नाम लिएका थिए । रविसँग काम गर्दा आफूले धेरै पीडा पाएको भन्दै उनले आलोचना गरेका थिए । रवि लामिछाने पक्राउ परे । पक्राउ परेपछि उनको पक्षमा सेलिब्रेटीको लाइन लाग्यो ।

रविलाई फसाइएको आरोप लगाइयो । अदालतले उनलाई अन्ततः सफाइ दिएपछि चितवनको नारायण किनारमा रविले धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरे । त्यो भीड यति ठूलो थियो कि कसैले पनि त्यसको कल्पनासम्म गरेका थिएनन् ।

त्यहीबाट रविलाई एक कार्यक्रम प्रस्तोताभन्दा नयाँ नेताका रुपमा उदाउन सक्ने चित्रण गरिएको थियो । नभन्दै रविले न्युज ट्वान्टी फोर छाडेर ग्यालेक्सी खोले । त्यसको नेतृत्व गरेका रवि स्थानीय तहको चुनावबाट स्वतन्त्रको माहोल आएपछि पार्टी नै खोलेर राजनीतिमा होमिएका थिए ।

सातै प्रदेशमा चुनावी एजेन्डा बनाएर भव्य सभा गरेका रवि लामिछाने पछाडिको भीडले नै प्रचण्ड तर्सेका थिए । प्रचण्डले सभा गर्दा कार्यकर्ताहरू बस, गाडीमा ओसार्थे । तर रवि लामिछानेको भीडमा स्वतःस्फूर्त ओइरिन्थे ।

यसैकारण हुन सक्छ, रवि लामिछानेले चितवनमा चुनाव लड्ने चर्चा हुँदै गर्दा प्रचण्ड चितवन ३ छाडेर गोरखा पुगेका हुन् । अहिले रवि लामिछाने र प्रचण्ड दुवै जना विजयी भएका छन् । अब सत्ता गठबन्धनले सरकार बनाउनका लागि माओवादी निर्णायक शक्ति रहँन सक्दैन । किनभने समानुपातिकमा माओवादीभन्दा रवि लामिछानेको राम्रो प्रभाव छ ।

जितेपछि चितवन पुरै रविमय बनेको छ । तर गोरखामा जितेर पनि प्रचण्डको पक्षमा ठूलो माहोल देखिएको छैन । उनले राम्रो मत ल्याएका छन् । समानुपातिकमा माओवादीको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत ल्याउने सम्भावना छ । यस्तो अवस्थामा माओवादीपछिको ठूलो पार्टी रविकै बन्ने सम्भावना छ । किनकी माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकमा राम्रो मत पाएको छैन ।

अब सरकार बनाउन कांग्रेस र एमालेका लागि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक हुन सक्छ । समानुपातिक भोटले गर्दा रविको पार्टी पनि माओवादीजत्तिकै बन्ने सम्भावना छ । जसकारण रवि लामिछाने अब स्वतन्त्र र सम्भावित निर्णायक शक्ति हुने सक्ने सम्भावना छ ।

किनकी रवि लामिछानेप्रति जति क्रेज छ त्यति नयाँ आश र भरोसा छ । त्यसैले अब प्रचण्डभन्दा रवि लामिछाने नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’ गर्ने व्यक्ति हुन सक्छन् । किनकी रवि लामिछानेले यदि नयाँ संगठन बनाउने हो भनेपनि त्यसले प्रत्यक्ष रुपमा माओवादीलाई क्षति गर्ने सम्भावना छ । अबको नेपाली राजनीतिमा खासगरि बोलीका हिसाबले प्रचण्ड र रवि लामिछानेको प्रतिष्पर्धा व्यापक बनेको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १ : ५८ बजे

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्