राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ? « Khabarhub

राप्रपाले जित्यो ४ सिट, को कहाँबाट निर्वाचित ?


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत मात्र ल्याए ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जित हासिल गरेका छन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई पराजित गरे । शाहीले २२ हजार ८ सय १९ मत ल्याउँदा गौतमले १९ हजार ९ सय ५९ मत ल्याइन् ।

त्यस्तै, बाँके क्षेत्र नम्बर २ मा पनि राप्रपाकै धवलशमशेर राणले जित हासिल गरेका छन् । उनले जनता समाजवादी पार्टी जसपाका मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणले २९ हजार ५ सय ७७ मत ल्याउँदा राईले २३ हजार ५ सय २० मत ल्याए ।

यसैगरी, मकवानपुर १ मा पनि राप्रपाकै दिपकबहादुर सिंह विजयी भएका छन् । उनले कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई पराजित गरे । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय ३४ मत ल्याइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ४ : ५० बजे

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर