मोरङ-५ (२) मा कांग्रेसका अर्याल विजयी « Khabarhub

मोरङ-५ (२) मा कांग्रेसका अर्याल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मोरङमोरङ-५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डलले  १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ३५ बजे

म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

सेबु– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि

पल शाहले भने- ‘आ बाट आमा’मा चाहेजस्तै भूमिका निर्वाह गर्न पाएँ

काठमाडौं– आजदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को

शंकर पोखरेलले भने- राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई

आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र

गोलबजार– आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक