विश्व इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि लिबिया स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आजः ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौतादेखि लिबिया स्वतन्त्रसम्म


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २४ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः

इटालीबाट लिबिया स्वतन्त्र
सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो। उत्तर अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो। स्वतन्त्र भएपछि तत्कालीन राजा इड्रिसको मातहतमा लिबिया संवैधानिक राजतन्त्रात्मक देश बनेको थियो। सन् १९६९ मा तत्कालीन कर्णेल मौमुर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो।

ब्रिटीश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता
सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो।

प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो। जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ। शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए। त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो।

कुल क्लक्स क्लान स्थापना
सन् १८६५ मा अतिवादी श्वेत सर्वोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो। सेनाका वरिष्ठ अधिकारीले न्युयोर्कको पुलास्की गाउँमाउक्त संगठन स्थापना गरेका थिए।

अमेरिकाको मिलट्री एकेडेमीमा दंगा
सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो। ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार) सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ४३ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले