यु-१४ टेनिस : प्राज्ना र हनीको जोडी प्रथम « Khabarhub

यु-१४ टेनिस : प्राज्ना र हनीको जोडी प्रथम


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा प्रथम भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेको हो ।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरेको छ ।

उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हरायो ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज÷ गर्ल्स सिंगल्सको फाइनल हुनेछ । ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्ने छन् ।

गर्ल्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भत्नागरसँग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ५० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा