यु-१४ टेनिस : प्राज्ना र हनीको जोडी प्रथम | Khabarhub Khabarhub

यु-१४ टेनिस : प्राज्ना र हनीको जोडी प्रथम


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा प्रथम भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरेको हो ।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरेको छ ।

उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हरायो ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज÷ गर्ल्स सिंगल्सको फाइनल हुनेछ । ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्ने छन् ।

गर्ल्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भत्नागरसँग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ५० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु