साउदीमा थप ६९ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा थप ६९ नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ६९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ३७ र दमामबाट ३२ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने हुन्छ। केही आवेदकहरूको एक्जिट भिसा लागेको केहि समय भैसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा ७ दिनभित्रै साउदी छोडि सक्न दूतावासले अनुरोध गरेको छ।

अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ। थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २१ बजे

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

विष्णुमती नदी सरसफाइ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता