'वाम शक्ति एक हुने सम्भावना टरेको छैन' | Khabarhub Khabarhub

‘वाम शक्ति एक हुने सम्भावना टरेको छैन’

प्रदेशको महत्त्व विस्तारै बढेर जान्छ


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघ र प्रदेशमा सत्ता समीकरणको विषयमा छलफल जारी छ। संघतर्फ दोस्रो दल बनेको एमाले समानुपातिक र केही प्रदेशमा पहिलो दल बनेको छ। केन्द्रमा सरकार बनाउने हैसियत नबनाए पनि एमालेले केही प्रदेशमा सरकार बनाउने तयारी गरेको छ। लुम्बिनी प्रदेशको सत्ता समीकरण र दलसँगको सहकार्यका विषयमा कपिलवस्तु २ (क) का प्रदेश सभा सदस्य नेकपा (एमाले) नेता नवराज लामिछानेसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश सभा सदस्य निर्वाचित भएपछिको राजनीति अब कसरी अगाडि बढ्छ ?
कपिलवस्तु तराईको जिल्ला भए पनि पिछडिएको छ। यो लुम्बिनी प्रदेश भनेको आर्थिक रूपमा अगाडि रहेको प्रदेश हो। पर्यटनमा धेरै अगाडि छ। हामीले कृषि र सिंचाइमा आधारित भएर धेरै काम गरेका छौं। त्यसको आधारमा नै जनताले मलाई जिताएका हुन्। यसअअघि अगाडि बढेका योजना कार्यान्वयन गर्दै अगाडि बढ्ने हो। नेकपा (एमाले)को तर्फबाट मैले भारी मतले सेवक भएर जितेको छु। निरन्तर नागरिकको सेवा गर्छु ।

नेकपा हुँदाको वाम शक्ति संविधानमाथि प्रहार भएपछि छिन्नभिन्न भयो। एउटा समूह संविधानको रक्षा गर्न गठबन्धन बनाएर अगाडि बढ्यो। तपाईं चाहिँ संविधान फाल्ने विमर्शमा किन लाग्नुभएको थियो ?
चुनावमा जानकै लागि त्यो समयमा प्रधानमन्त्रीले संसद् विघटन गर्नु भएको थियो। त्यसलाई अदालतले उल्टाइदियो। त्यसपछि बनेको गठबन्धनले नेपाली कांग्रेसलाइ प्रधानमन्त्री बनायो। एमालेले तत्काल जनादेशमा जाने भनेको थियो। त्यो विषयलाई नयाँ सरकार बनेपछि रोकियो। त्यो समयमा जनतामा जान पाएको भए एमालेले राम्रो मत पाउने थियो। अहिले पनि जनताले एमालेलाई लुम्बिनी प्रदेश सभाका लागि करिब सभा एक लाख मत दिएका छन्। गलत गरेको भए यो मत एमालेले पाउने थिए।

अहिले तपाईंहरूको सिट संख्या घट्यो। नेपाली जनताले तिरस्कार गरेका होइनन् र ?
हामी एकातर्फ र अरु पाँच दल अर्कोतर्फ भएर लड्दा त धेरै फरक हुन्छ। तर जनताको मनमा एमाले कम भएको छैन। प्राविधिक कारणले हामीले सिट कम पायौँ। तर हाम्रो मत लोकप्रिय छ।

अब फेरि वाम शक्ति एक भएर अगाडि जाने हो ?
राजनीतिमा असम्भव भन्ने हुँदैन। केन्द्रमा जसरी समीकरण हुन्छ त्यसरी नै प्रदेशमा पनि समीकरण हुन्छ।

देउवाको नेतृत्वमा सरकार बन्यो भने तपाईंहरु प्रतिपक्षमा बस्नुहुन्छ ?
समग्र देशको विकास हुन्छ भने हामी पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ। तर देशमा हरेक कुराको विकास हुनुपर्छ ,।

बाहिर प्रतिपक्षमा बस्ने भन्नुहुन्छ तर भित्रभित्रै गठबन्धन भत्काउन किन लागि पर्नु भएको ?
यहाँ सरकार बनाउन बाहिरी मान्छे आएर हस्तक्षेप गर्छन्। हामी जनताको लोकप्रिय मत पाएको दलले अर्को दलसँग छलफल नै गर्नु नहुने हो र ? छलफल गर्न त सबैसँग हामी स्वतन्त्र छौँ।

राष्ट्रपति दलगत रूपमा चलेको हो ?
राष्ट्रपतिले गलत तरिकाले आएको फौजदारी अभियोग लागेका व्यक्तिलाई छुटाउन ल्याइएको अध्यादेशलाई रोक्नु भएको हो। राष्ट्रपतिले नराम्रो गरेको भए जनताले हामीलाई भारी मत किन दिन्थे ?

एमाले बाहिर एउटा कुरा गर्ने तर भित्रभित्र अर्को व्यवहार देखाउने पार्टी हो ?
नागरिकताको कुरा राष्ट्रपति केही नराम्रो भएर रोक्नुभयो होला। तर सम्पूर्ण नेपाली जनताले नागरिकता नपाउन् भन्ने एमालेको धारणा छैन। यो अध्यादेशले गर्दा गलत मान्छे जेलबाट छुट्ने हुन् कि भन्ने शंका राष्ट्रपति होला।

प्रदेश सरकारले केही काम गरेन। अब यो आवश्यक छैन भन्ने धेरै छन्। अब कसरी अगाडि बढ्नु हुन्छ ?
अहिलेसम्म हामी अभ्यासमै छौँ। अब प्रदेश सरकारले जनताको चाहना अनुसार राम्रो काम गर्नुपर्छ। त्यसपछि क्रमश प्रदेशको महत्त्व बढेर जान्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
–प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४१ बजे

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका