लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता « Khabarhub

लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ। गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो।

विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकाले वडा नम्बर १ बाट योजना सम्झौताको सुरुवात गरेको छ।

वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ। योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत उपस्थित रहने गाउँपालिकाले जनाएको छ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले वताए। उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ।

९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं.१ बाट सो कार्यको सुरुवात गरिएको हो। बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ। योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि नागरिकले दुख नपाउनु भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको प्रशासकीय अधिकृत शमशेर गुरुङले बताए।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ४३ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा