लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता « Khabarhub

लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ। गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो।

विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकाले वडा नम्बर १ बाट योजना सम्झौताको सुरुवात गरेको छ।

वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ। योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत उपस्थित रहने गाउँपालिकाले जनाएको छ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले वताए। उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ।

९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं.१ बाट सो कार्यको सुरुवात गरिएको हो। बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ। योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि नागरिकले दुख नपाउनु भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको प्रशासकीय अधिकृत शमशेर गुरुङले बताए।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ४३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली