संविधानको मान्यतामा चल्ने राष्ट्रपति चयन हुनुपर्छ | Khabarhub Khabarhub

संविधानको मान्यतामा चल्ने राष्ट्रपति चयन हुनुपर्छ

तत्काल प्रचण्डले गठबन्धन छोड्नु हुन्न


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चुनावपछि फेरि सरकारको नेतृत्व र राष्ट्रपतिमा कांग्रेसले दाबी प्रस्तुत गर्दै आएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री र राष्ट्रपतिमा आफ्नो दाबी पेश गरेका हुन्। नेकपा (माओवादी) केन्द्र भने अब सुरुको दुई वर्ष आफ्नो नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिएको छ। अर्को सत्ता गठबन्धनकै घटक नेकपा (एकीकृत समाजवादी)को दाबी राष्ट्रपतिमा देखिन्छ। नेता र दलका आआफ्नै दाबीले राष्ट्रपतिले सरकार गठनका लागि गरेको आह्वानको समय सीमा एक दिन मात्र बाँकी छ। सहमतिका लागि नेताहरुको दौडधुप छ। यी र यस्तै समसामयिक राजनीतिक घटनाक्रम र अबको राजनीतिका विषयमा कांग्रेस नेता एवम् अछाम १ (क) का जनप्रतिनिधि एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्कासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको निर्वाचनमा कांग्रेसको जित मनको हो कि मतको ?
मन र मत दुवैले जितको हो। चुनावमा लागि नेपाली कांग्रेस धेरै सुदृढ भएको थियो। म निरन्तर पार्टीप्रतिको प्रतिबद्धता कारण तेस्रो प्रयासमा चुनाव जित्न सफल भएँ। इमानदारितापूर्वक त्यहाँका समस्या समाधान गर्नेछु। हामीले प्रदेशका कुरा पनि पुरा गर्नुपर्छ। मत भन्दा अगाडि जनताको मन जित्नु पर्दछ।

यो चुनावमा सिद्धान्त नमिल्नेसँग पनि एकता भयो। के साँच्चै कांग्रेसले नीति सिद्धान्त बिर्सिएको हो ?
यी र यस्ता कुराहरू धेरै आएका छन्। तर गठबन्धन त्यति बेला बन्यो जति बेला हामीले संविधान बनायौ र करिब दुई तिहाइको सरकार बन्यो। त्यो सरकार केपी ओलीको नेतृत्वमा बन्यो। तर, सरकारले नै पटकपटक संविधानमाथि प्रहार गर्यो। हामीले संविधानलाई रक्षा गर्नु पर्दछ भनेर गठबन्धन बनाएका हौँ। केही मत नयाँ दलतर्फ बाँडियो। अपेक्षा अनुसार जित नभए पनि हामीले जनताको मन जित्न सफल भएका छौँ।

अहिले यो गठबन्धन कांग्रेस र माओवादीमा कसलाई धेरै चाहिएको हो ?
यो गठबन्धन कांग्रेस, माओवादी र समाजवादी तीन वटै दलाई आवश्यकता छ। अब शक्ति र सिटको बाँडफाँट गर्दा अलि अप्ठ्यारो होला। तत्काल एमाले र समाजवादीबीच एकता हुने सम्भावना छैन। हामी सबै भएर गठबन्धनलाई अगाडि बढाउनु नै अहिलेको आवश्यकता हो। यो गठबन्धन निरन्तर जान्छ र यो शेरबहादुर देउवाले सबै मिलेर जानु पर्दछ भन्नुभएको छ। सबैमा ठूलो दलले नै नेतृत्व गर्नु पर्ने भनाइ छ। त्यसैले कांग्रेसको नेतृत्व गर्छ र गठबन्धन अगाडि बढ्छ। देउवामा यो गठबन्धनलाई मिलाएर लाने र नेतृत्व गर्ने राम्रो अनुभव छ।

सत्ताको कुरा नमिल्दा गठबन्धन भत्केला जस्तो लाग्दैन ?
तत्काल त्यो भइहाल्ने स्थिति छैन। तर, एमालेले गठबन्धन तोडेर आए प्रधानमन्त्री दिने अफर प्रचण्डलाई गरेको छ। एमालेसँगको सहकार्य तोडेर हिजो यो गठबन्धन बनेको हो। फेरि एमालेकै कुरा विश्वास गरेरेर प्रचण्डले गठबन्धन तोड्नुहुन्छ भन्ने मलाई लाग्दैन। अब हामीले सरकारको नेतृत्वसँगै संविधानको मूल्य र मान्यतामा चल्ने राष्ट्रपति बनाउनु पर्नेछ। पार्टीको आदेश मान्ने राष्ट्रपति चाहिएन। पहिलाको सरकारले सही काम नगरेको कारणले यो अध्यादेश आयो। अब गठबन्धनले विवेकपूर्ण निर्णय गर्नुपर्छ।

सुदूरपश्चिम प्रदेश दुर्गम प्रदेशका रूपमा पनि परिचित छ। यसको विकास सम्बन्धी कुरा कसरी मिलाउनु हुन्छ ?
हामीले प्रदेशलाई जनताको पक्षमा काम गर्ने वातावरणमा ढाल्न सक्नुपर्छ। प्रदेशको विरोध गर्ने धेरै आएका छन्। राजा आऊ देश बचाउ भन्ने पनि छन्। प्रदेशले जनताको जीवन स्तर उठान र जनताले देखिने काम गर्नुपर्छ। प्रदेश सभाको महत्त्व अहिले झन् बढेर जान्छ। प्रदेशबाट जनताका गुनासा सम्बोधन हुनुपर्छ। हामीले सुशासन दिने र जनतालाई साँच्चै विकास दिने स्रोत र साधनको सही रूपमा परिचालन गर्नुपर्छ। अब गफ होइन प्रदेशले काम गरेर देखान सक्नुपर्छ। जनताले प्रदेशले पनि राम्रो काम गर्छ भन्ने बनाउनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

– प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ०१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि