धनकुटाबाट ५० करोड बढीको काठ निर्यात « Khabarhub

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ।

सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ। जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो। जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ। यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट रु एक सयदेखि दुई सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन्। जिल्लाबाट गत वर्ष काठ निर्यातबाट रु आठ करोड ३१ हजार सात सय १० कर उठेको थियो।

चालु आर्थिक वर्ष २०७९÷०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार दुई सय २४ क्यूबिक फिट काठ निकासी भएको छ। तीन महिनामा रु २ करोड ९२ लाख ९३ हजार कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिए। एक डिभिजन र छवटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तिस जातको काठ निर्यात हुनेगरेको कार्यालयका प्रमुख मेघराज राईले बताए।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ५५ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान