वाास्तबिक कृषक पहिचान गरी अनुदान « Khabarhub

वाास्तबिक कृषक पहिचान गरी अनुदान


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ। व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो।

अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ। म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरिक्षण गर्दै आएको छ।

अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन्।
कृषकले पेश गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकन गरेपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समितिका संयोजक घिमिरेले जानकारी दिए।

गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालु आवमा बोका वितरणका लागि रु तीन लाख पचास हजार, औजार, च्याप कटरमा रु एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख र स्थानीय कुखुरामा रु एक लाख बजेट बिनियोजन गरेको छ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए। अनुदानका लागि धेरै जनाको आवेदन परेको हुदाँ वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकोले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए।

जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकोले अनुगमन कार्यलाई प्राथामिकता दिइएको अनुगमनको संयोजक वालकृष्ण घिमिरेले बताए। उत्पादित वस्तुलाई वजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुदाँ उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिका कार्यालयले जोड दिदै आएको बताइएको छ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : १६ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।