म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन | Khabarhub Khabarhub

म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मुम्बई– टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाइका बारेमा अनेक किस्सा सुनाए ।

उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिस्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् ।

उचाइको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिए । ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगेँ । हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो । तर अग्लो उचाइका कारण मलाई सिनियर समूहमा राखिदिए । म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १२ : २३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका