प्रचण्ड-माधवले नै नेकपा फुटाएका हुन् : अध्यक्ष ओली « Khabarhub

प्रचण्ड-माधवले नै नेकपा फुटाएका हुन् : अध्यक्ष ओली


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन्। 

अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनले बताए । काठमाडौं-प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्त्वले पार्टी फुटाएको जिकिर गरे। 

‘अदालतले पार्टी फुटाएको होइन, पार्टीको नाम फेर मात्रै भनेको हो । अर्को नाम लिएर आउनु भनेकै हो। ओलीले भने, ‘पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो । प्रचण्ड-माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन्।’ 

उनले आफूले धेरैपल्ट अर्को नाममा पार्टी जोगाउने कोशिश गरेपनि नसकेको दाबी गरे। उनले एमालेको लागि अब सङ्क्रमणकालीन समय सकिएर दोस्रो चरण शुरु भएको बताए । उनले निर्वाचनसँगै पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिएको बताएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  २ : ५२ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,