प्रचण्ड-माधवले नै नेकपा फुटाएका हुन् : अध्यक्ष ओली | Khabarhub Khabarhub

प्रचण्ड-माधवले नै नेकपा फुटाएका हुन् : अध्यक्ष ओली


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतले नफुटाएको दाबी गरेका छन्। 

अदालतले पहिल्यै दर्ता भएको अर्को पार्टीसँग नाम मिलेको भन्दै दर्ता मात्रै खारेज गरेको उनले बताए । काठमाडौं-प्यूठान सम्पर्क मंचले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले विभाजन चाहने तत्त्वले पार्टी फुटाएको जिकिर गरे। 

‘अदालतले पार्टी फुटाएको होइन, पार्टीको नाम फेर मात्रै भनेको हो । अर्को नाम लिएर आउनु भनेकै हो। ओलीले भने, ‘पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो । प्रचण्ड-माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन्।’ 

उनले आफूले धेरैपल्ट अर्को नाममा पार्टी जोगाउने कोशिश गरेपनि नसकेको दाबी गरे। उनले एमालेको लागि अब सङ्क्रमणकालीन समय सकिएर दोस्रो चरण शुरु भएको बताए । उनले निर्वाचनसँगै पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिएको बताएका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  २ : ५२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार