१६ वर्षमा पहिलो पटक फिजीमा नयाँ प्रधानमन्त्री चयन « Khabarhub

१६ वर्षमा पहिलो पटक फिजीमा नयाँ प्रधानमन्त्री चयन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको हो ।

राबुका सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन् । रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् ।

संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले निर्वाचन परिणाम घोषणा गरेका हुन् ।

फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टीले राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनाएको हो ।

गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए ।

१६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ०२ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत